आगामी बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न सक्दैन : राप्रपा « Khabarhub

आगामी बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न सक्दैन : राप्रपा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ । 

शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

लक्ष्य अनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदान समेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले नागरिकता विधेयकलाई पनि संसद्‌मा नल्याई सिधै प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिए ।

बैठकले निष्कृय र प्रभावहीन रहेका र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरूलाई तत्कालै भूगोल केन्द्रित जिम्मेवारीमा पठाउने निर्णय अनुसार कार्यविभाजन गर्ने काम ७ दिन भित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताए ।

बैठकले राप्रपाका मुद्दा स्थापित गर्नका लागि र जनजिविकाका विषयमा सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ५ : २५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं