पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ ।

दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाउँदै लुटेर फरार भएका थिए ।

अवामी आवाजका अनुसार कराँचीमा खस्किदो सुरक्षा व्यवस्था सिन्ध प्रहरी र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ ।

यसैबीच, पाकिस्तानको स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार आर्थिक सङ्कट झेलिरहेको बेला पाकिस्तानमा अपराध झन् बढिरहेको छ । जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागूऔषध दुर्व्यसनीको सिकार बन्दै गएका छन् ।

पाकिस्तानमा हरेक दिन १,२०० युवा धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ ।

दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।

पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ५ : ३२ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले