पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ ।

दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाउँदै लुटेर फरार भएका थिए ।

अवामी आवाजका अनुसार कराँचीमा खस्किदो सुरक्षा व्यवस्था सिन्ध प्रहरी र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ ।

यसैबीच, पाकिस्तानको स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार आर्थिक सङ्कट झेलिरहेको बेला पाकिस्तानमा अपराध झन् बढिरहेको छ । जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागूऔषध दुर्व्यसनीको सिकार बन्दै गएका छन् ।

पाकिस्तानमा हरेक दिन १,२०० युवा धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ ।

दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।

पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको