युक्रेनमा बाँध भत्केपछि आएको बाढीका कारण आठ जनाको मृत्यु | Khabarhub Khabarhub

युक्रेनमा बाँध भत्केपछि आएको बाढीका कारण आठ जनाको मृत्यु


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किभ- दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाव बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् । तर, युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन् ।

“दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन् । अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर आठ पुगेको छ,” मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने ।

बाढीका कारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको र पानी बढ्ने क्रम दश दिनसम्म जारी रहन सक्ने उनले बताए । मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्दोले बताए ।

साल्दोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन् । एएफपीका पत्रकारहरूले युक्रेनको नियन्त्रणमा रहेको खेर्सन शहर र आसपासका क्षेत्रमा रूसी स्थानबाट गोलाबारी भएको बताएका छन् ।

रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : ५५ बजे

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही