लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट « Khabarhub

लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट लमजुङमा १० वटा सडकले बजेट पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुका सडक स्तरोन्नतीका लागि समपुरक एवं विशेष अनुदान अन्तर्गत १० वटा सडकका लागि बजेट विनियोजन भएको हो ।

सडक योजना अन्तर्गत बेसीशहर, दोर्दी र दुधपोखरीका दुईवटा सडक परेका छन् । सो बाहेक मध्यनेपाल, राईनास, सुन्दरवजार र मस्र्याङदीका एक–एकवटा सडक परेका छन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाको लागि भने एउटै सडकका लागि पनि बजेट विनियोजन भएको छैन ।

सडक स्तरोन्नती योजना अन्तर्गत बेसीशहरस्थित धुरपुरे–दुईथोक–विम्दा–वाख्रेजगत सडक स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा एक करोड २५ लाख रुपैया आउने भएको छ । सो सडक बहुवर्षिय योजना अन्तर्गत १० करोड रुपैया विनियोजन भएको भएको छ । त्यसैगरी बेसीशहरकै उदिपुर–नयाँगाँउ सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिय योजना अन्तर्गत आठ करोड ७२ लाख रुपैया विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा मध्यनेपाल नगरपालिका अन्तर्गत भोर्लेटार, वांग्रे, नेटा मालिका मन्दिर सडकका लागि ५० लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिया योजना अन्तर्गत पाँच करोड रुपैया विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा राईनास नगरपालिका अन्तर्गत वगरगाँऊ–टुँडावगर–सडक र उपल्लोफाँट–ठुलोवगैंचा – पाडेवेशी – जुडिखेत सडकका लागि ८० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि १० करोड विनियोजन भएको छ । त्यसैगरी सुन्दरवजार नगरपालिका अन्तर्गत भारती सदन लिंगे डाँडा हुँदै रामदी पेट्रोल पम्प मोटर बाटो स्तरोन्नतीका लागि पनि ८० लाख रुपैया विनियोजन भएको छ ।

दुधपोखरी गाउँपालिका अन्तर्गत लामागाँऊ–जोर्ने–सामघडेरी सडक स्तरोन्नतीका लागि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिय योजना अन्तर्गत सो सडकका लागि नौ करोड रुपैया विनियोजन भएको थियो । दुधपोखरीकै प्यारजुंङ्ग–पात्ले सडक स्तरोन्नतीका लागि पनि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि पनि नौ करोड बजेट विनियोजन भएको छ ।

यस्तै मस्र्याङदी गाउँपालिका अन्तर्गत खुदी–सिउरुङ–स्यांगे सडक स्तरोन्नतीका लागि भने एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी दोर्दी गाउँपालिका अन्तर्गत नौथर–शेरा–तांजे सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । दोर्दी अन्तर्गतकै ठाँटी–पिपल भञ्ज्याङ्ग – सल्लावाट मोटरवाटो निर्माणका लागि पनि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २६ बजे

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा