जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित हुँदै | Khabarhub Khabarhub

जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित हुँदै


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित भएका छन् । पछिल्ला चार वर्षमा जम्मु कश्मीर प्रशासनले कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेसँगै त्यहाँ दूधको उत्पादनमा पनि वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस क्षेत्रलाई दूध एमव् दूग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन विशेष योजना अघि सारिएको एएनआईले उल्लेख गरेको छ । पछिल्ला केही वर्षयता यस क्षेत्रका शिक्षित युवाहरु पनि पशुपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् ।

जम्मु कश्मीरको पुँछ, राजौरी, किस्तवर, रामवन, दोदाजस्ता स्थानका युवाहरुले ठूलो स्तरमा डेरी फार्मको स्थापना गरिरहेको जनाइएको छ । सरकारले पनि उनीहरुलाई मद्दत गरिरहेको एएनआईले जनाएको छ ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार जम्मु कश्मीरमा गाईको सङ्ख्या ३२ लाख रहेको छ । जुन भारतको कूल गाईको सङ्ख्याको १ दशमलब शून्य ४ प्रतिशत रहेको बताइएको छ ।

पछिल्लो समय जम्मु कश्मीरको दूध तथा दूग्धजन्य उत्पादनको बजार ९० अर्ब ८० करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ३८ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले