जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित हुँदै « Khabarhub

जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित हुँदै


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित भएका छन् । पछिल्ला चार वर्षमा जम्मु कश्मीर प्रशासनले कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेसँगै त्यहाँ दूधको उत्पादनमा पनि वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस क्षेत्रलाई दूध एमव् दूग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन विशेष योजना अघि सारिएको एएनआईले उल्लेख गरेको छ । पछिल्ला केही वर्षयता यस क्षेत्रका शिक्षित युवाहरु पनि पशुपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् ।

जम्मु कश्मीरको पुँछ, राजौरी, किस्तवर, रामवन, दोदाजस्ता स्थानका युवाहरुले ठूलो स्तरमा डेरी फार्मको स्थापना गरिरहेको जनाइएको छ । सरकारले पनि उनीहरुलाई मद्दत गरिरहेको एएनआईले जनाएको छ ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार जम्मु कश्मीरमा गाईको सङ्ख्या ३२ लाख रहेको छ । जुन भारतको कूल गाईको सङ्ख्याको १ दशमलब शून्य ४ प्रतिशत रहेको बताइएको छ ।

पछिल्लो समय जम्मु कश्मीरको दूध तथा दूग्धजन्य उत्पादनको बजार ९० अर्ब ८० करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ३८ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय