आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै ४४ डिग्री पुग्यो नवलपुरको तापक्रम  « Khabarhub

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै ४४ डिग्री पुग्यो नवलपुरको तापक्रम 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखारहावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : १३ बजे

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा

सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना

काठमाडौं – फिल्म ‘कंगाल करोडपति’मा डेब्यू नायिका सलिना तामाङको अनुबन्ध

नौ दिनदेखि राज्यलाई पुकारिरहेका सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरू)

काठमाडौं– सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौंको माइतीघरमा