कैलालीको कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी « Khabarhub

कैलालीको कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । ठूलो आगो नियन्त्रणमा आइसकेको र रुखमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकी गाउँपालिकाले जनाएको छ । आगलागीका कारण ठूला साल तथा सिसमका रुख जलेकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ ।

पालिकाले आगलागी बस्तीमा फैलन सक्ने जोखिम बढेकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन अपिल गरेको छ । “रुखका टुप्पामा आगो दन्किरहेको छ । हावा चलेमा यो आगो बस्तीमा फैलन सक्ने जोखिम छ”, पालिकाका विपद् व्यवस्थापन शाखा सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले भने”, वनसँग नजिक भएका बस्ती विजयनगर, लायकपुर, जगतपुरका स्थानीयवासीलाई सचेत रहन भनेका छौँ । रुखका टुप्पासम्म निभाउन कठिन भएको छ ।”

आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, गाउँपालिकाको स्काभेटर, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि खटेका छन् ।

 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै