गायक रोबिन तामाङको आज दाहसंस्कार गरिँदै « Khabarhub

गायक रोबिन तामाङको आज दाहसंस्कार गरिँदै


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिँदैछ ।

अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सकिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

उनका केटाकेटी…, चिसोचिसो… लगायतका गीतहरू स्रोता तथा दर्शकले मन पराएका छन् भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ०८ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित