कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए « Khabarhub

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने अन्य मन्त्रीहरूले जिम्मेवारी पाएका छैनन् । उनीहरूले आजै शपथ ग्रहण गर्नेछन् ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त थापाले शुक्रबार शपथग्रहण पश्चात नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई समेटेर मन्त्रिमण्डल गठन गरेका थिए ।

यसैबीच, मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप  तीन जना मन्त्री थप गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो । 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १० : २८ बजे

पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं – मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको