कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार « Khabarhub

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र  रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन् ।

यसैबीच, सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।

मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि जनाएको हो ।

मन्त्रिमण्डल विस्तारको विषयमा छलफल नै नगरिएकाले शपथ समारोहमा नगएको नेकपा एसका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : ४६ बजे

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु