कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार « Khabarhub

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र  रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन् ।

यसैबीच, सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।

मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि जनाएको हो ।

मन्त्रिमण्डल विस्तारको विषयमा छलफल नै नगरिएकाले शपथ समारोहमा नगएको नेकपा एसका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र