संसदको गतिरोध हटाउन प्रचण्ड, देउवा र ओलीबीच छलफल « Khabarhub

संसदको गतिरोध हटाउन प्रचण्ड, देउवा र ओलीबीच छलफल


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल थालेका छन् । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डको पहलमा प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सुरु भएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बारम्बार सदन अवरुद्ध गर्दै आएपछि समस्या समाधानका लागि तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध बनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १२ : २१ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान