शारीरिक अस्वस्थ भएका व्यक्तिलाई ह्वीलचियर वितरण « Khabarhub

शारीरिक अस्वस्थ भएका व्यक्तिलाई ह्वीलचियर वितरण


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थालेका छन् ।

चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् ।

अहिलेसम्म नगरपालिकाका वडा नम्बर १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।

नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको प्रमुख ओझाले बताए ।

नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।

शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १२ : ४५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण