न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की « Khabarhub

न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए ।

उनले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार कार्यान्वयन जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए ।

“जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्”, उनले भने, “आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार  छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ ।”

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : १५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र