संसद चलाउन सरकार जिम्मेवार देखिएन : सांसद भट्टराई « Khabarhub

संसद चलाउन सरकार जिम्मेवार देखिएन : सांसद भट्टराई


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद चलाउने र संसदीय समिति सञ्चालन गर्ने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

सिंहदबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो ६ महिनाको अवधिमा सदन राम्रोसँग सञ्चालन हुन नसकेको र सदनलाई बिजनेश दिन पनि सरकार जिम्मेवार नदेखिएको उनले आरोप लगाए ।

उनले समिति प्रभावविहीन होस भन्ने सरकारको चाहना देखिएको जिकिर गरे । उनले समितिको बार्षिक क्यालेन्डर बनाएर महत्वपूर्ण विषयको सूची बनाएर नै छलफल गर्नुपर्ने र समितिले दिएका निर्देशनहरुलाइ बिनासर्त कार्यान्वयन गराउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

समितिका निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर प्रतिबद्धता लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ४० बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड