साउन महिनामा लुम्बिनी सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी « Khabarhub

साउन महिनामा लुम्बिनी सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा सरकारले आकार लिने जानकारी दिए ।

“यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि अपेक्षा राखेको बताए ।

मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए । उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे ।

मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताए ।

उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे । युनियनका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सो पत्रकार भेटघाट भएको थियो । यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ०३ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक