स्वर्गजस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाइदिनूस् : अध्यक्ष आचार्य « Khabarhub

स्वर्गजस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाइदिनूस् : अध्यक्ष आचार्य


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सरकारले लगानीका लागि विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेको भएपनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी अध्यक्ष आचार्यले विगतको तुलनामा सरकारले लगानीका लागि धेरै बाटो खोलेपनि प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण बन्न नसकिरहेको जिकिर गरे ।

उनले भने, ‘सरकारले हाम्रो माग सम्बोधन गरेको छ, तर प्रक्रियागत झन्झट छन् । उदाहरणका लागि सरकारले डलर खाताको व्यवस्था मिलाएको छ तर विदेशबाट पैसा पठाउन खोज्दा नेपाल भन्ने देशै देखाउँदैन । यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ, त्यस्ता कठिनाईलाई समाधान गर्नु जरुरी छ । हामी यही चाहान्छौँ कि स्वर्ग जस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाइदिनूस् ।’

अध्यक्ष आचार्यले लामो समयदेखिको गैरआवासीय नेपाली नागरिकताको माग सम्बोधनको लागि नेपाल सरकार र उक्त उपलब्धी हासिल गर्नका लागि भूमिका निर्वाह गरेको उद्योग मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयप्रति संघको तर्फबाट आभार व्यक्त गरे ।

‘यस उपलब्धिलाई हामीले नेपालमा लगानीका लागि बलियो र प्रमुख आधार मानेका छौँ’ उनले भने, ‘यसले संविधानले परिकल्पना गरेका गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणका लागि लगानी प्रवर्द्धन, पूँजी ज्ञान, प्रविधि र सीप भित्र्याउने लक्ष्य राखेको छ ।’

विदेशमा रहेका नेपालीहरुले विभिन्न व्यापार, व्यवसाय, होटेल, शिक्षा, स्वास्थ्य, हाइड्रो, बैंक तथा वित्तिय लगायतका क्षेत्रमा लगानी गरिरहेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि नेपालको विकास पूर्वाधारको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ र सरकारी संयुक्त लगानीमा सुरु गरिएको एनआरएनए डेभेलपमेन्ट फण्डका लागि थप सहजीकरण गरिदिन आग्रह गर्दै उनले लगानीका लागि विद्यमान कानूनी कठिनाई हटाउन जरुरी रहेको उल्लेख गरे ।

‘लगानी भित्र्याउन, प्रवर्द्धन गर्न सरकारले ढोका खोलिसकेको छ, कति खोल्ने क्रममा छ, यस क्रममा हाम्रा केही सुझावहरु पनि सम्बोधन भएका छन्, र अझै केही सम्बोधन गर्न बाँकी छन् । ती विषयहरु पनि समयानुसार सम्बोधन हुने विश्वास लिएको छौँ ’ उनले भने ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले तल्लो तहमा रहेर भुँईमान्छेको जनजीवन उकासिने गरी गैरआवासीय नेपालीहरुले लगानी ल्याउन सक्नुपर्नेमा जोड दिएका थिए ।

एनआरएनहरुले भुँईमान्छेका लागि लगानी ल्याउन सक्नुपर्छ भन्दै उनले ठूला ठूला योजना ल्याएर ठूलै लगानी गर्छुभन्दा पनि अहिले सानैबाट अघि बढ्न सके त्यसले तात्विक अर्थ राख्ने बताए । सानो कुराले पनि ठूलो परिवर्तन ल्याउन सक्ने सचिव मरासिनीको भनाइ थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ५३ बजे

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली