भारतले धौलीगङ्गा बाँध मङ्गलबार खोल्ने, महाकाली नदी आसपास सतर्कता अपनाउन आग्रह « Khabarhub

भारतले धौलीगङ्गा बाँध मङ्गलबार खोल्ने, महाकाली नदी आसपास सतर्कता अपनाउन आग्रह


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्सातको बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : २४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र