आठ घण्टापछि सुदूरपश्चिममा अवरुद्ध विद्युत् सेवा सञ्चालनमा « Khabarhub

आठ घण्टापछि सुदूरपश्चिममा अवरुद्ध विद्युत् सेवा सञ्चालनमा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ ।  डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए ।

“तार टुट्दा सुदूरपश्चिमका  सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो”,  उनले भने, “तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो । अहिले बिजुली सञ्चालन भइसकेको छ ।”

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : २८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र