कश्मीरका महिलाहरु सेनेटरी न्यापकिन उत्पादनमा « Khabarhub

कश्मीरका महिलाहरु सेनेटरी न्यापकिन उत्पादनमा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको कश्मीरस्थित बान्दीपोरा जिल्लाका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन्’ उत्पादन एवम् प्रवर्द्धनमा जुटेका छन् । एघार जना समर्पित सदस्य सम्मिलित समूहले  ‘सेनेटरी न्यापकिन्’ उत्पादनका साथै कश्मिरका हरेक गाउँ, सुदूर बस्तीहरूमा महिला स्वास्थ्य र व्यक्तिगत सरसफाईबारे चेतना फैलाइरहेका छन् ।

समूहकी अगुवा रजिया ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउने समूहको दृढ सङ्कल्प व्यक्त गर्दै दुर्गम क्षेत्रका धेरै महिलालाई स्वास्थ्य र सरसफाइबारे पर्याप्त ज्ञान नहुँदा उनीहरू विभिन्न रोगको शिकार हुने गरेका बताइन् । विशेषगरी रजस्वला भएका बेला महिलाले अपनाउनुपर्ने स्वास्थ्य सावधानी र सरसफाइबारे ज्ञान प्रदान गर्ने र सचेतना जगाउने उद्देश्य उक्त समूहको हो ।

“हामी गाउँका महिलालाई सेनेटरी न्यापकिन उत्पादन गर्न सिकाउँछौँ, साथै वितरण पनि वितरण गर्छौं । यद्यपि हाम्रो लक्ष्य कश्मीरका प्रत्येक गाउँमा महिलाका अत्यावश्यक सेवामा पहुँच विस्तार गर्नु र महिला स्वास्थ्य सम्बन्धमा जागरूकता फैलाउनु हो,” समूहका लक्ष्य र उद्देश्यबारे सुनाउँदै रजिया भन्छिन् ।

मासिक धर्मका बेला सेनेटरी प्याड प्रयोग गर्दा हुने फाइदाबारे महिलाहरूलाई शिक्षित गराउनु आवश्यक रहेको समूहको एक अध्ययनले देखाएको उल्लेख गर्दै रजियाले आफ्नो अनुसन्धानमा सेनिटरी न्यापकिनको उचित प्रयोगबारे धेरै महिला अनभिज्ञ रहेका पाइएको बताइन् । “पर सरेका बेला महिला तथा किशोरी कपडा प्रयोग गर्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ,” उचित सरसफाईको अभावमा हुनसक्ने स्वास्थ्य जोखिमबारे सचेत गराउँदै उनी भन्छिन् ।

महिलालाई उनीहरूको शारीरिक संरचना, विशेष अवस्था र समयमा अपनाउनुपर्ने सावधानी, उनीहरूको स्वास्थ्य अधिकारका सम्बन्धमा चेतना जागृत गरेर मात्र नपुग्ने आधारभूत सुविधा सुनिश्चित हुनुपर्नेमा समूहकी अर्की सदस्य जाहिदा बताउँछिन् ।

“उचित सरसफाइ, महिला स्वास्थ्यसम्बन्धी उत्पादनमा पहुँचको सुनिश्चितता महिलाहरूको मौलिक अधिकार हो । सेनेटरी न्यापकिन वितरण गरेर र तिनीहरूको प्रयोगको बारेमा चेतना जगाएर यो सुनिश्चित हुँदैन । आर्थिकरुपमा पनि महिला सबल हुनुपर्छ, उनीहरूको सशक्तीकरण उत्तिकै आवश्यक छ,” महिलालाई आर्थिकरूपमा सशक्तिकरण एवम् लैङ्गिक समानताको दिशामा अघि बढ्न समूह सहयोगी भएको उल्लेख गर्दै भावुक मुद्रामा जाहिदाले भनिन् ।

प्रारम्भिक चरणमा रहेको समूहले दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म सेनेटरी न्यापकिन उत्पादन गर्दै आएको छ । निकट भविष्यमा समूहले दैनिक दुई हजार न्यापकिन उत्पादन गर्ने र बजारसम्म पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । गाउँका महिलाको जीवनमा सकारात्मक परिवर्तन देखेकी रजिया न्यपाकिनलाई विलासी मान्नु अन्याय हुने बरु त्यो स्वस्थकर भएका दाबी गर्छिन् ।

उनी भन्छिन्, “महिला स्वास्थ्यको रक्षाका निम्ति त्यो विलासी कदापि होइन ।” “महिनावारी हुँदा मलाई लाज लाग्थ्यो तर अहिले यो एक प्राकृतिक प्रक्रिया हो भन्ने बुझेकी छु । आफ्नो स्वास्थ्यको ख्याल गर्ने अधिकार सबैमा छ । मजस्ता केटीहरूको जीवनमा परिवर्तन ल्याउन म चाहन्छु । समूहले रजस्वला, महिला स्वास्थ्यलगायत सबै विषयमा जानकारी दिँदै प्याडमो प्रयोग सिकाएकामा धन्यवाद,” शाहगुन्डकी युवती आइशाले समूहप्रति आभार व्यक्त गर्दै भनिन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १ : ५४ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.