गत आवमा कामपाको राजस्व दश अर्ब २५ करोड « Khabarhub

गत आवमा कामपाको राजस्व दश अर्ब २५ करोड


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९-०८० मा दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो ।

अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँड र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।  

आव २०७८-०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।  

जसमा सबैभन्दा बढी बहाल करमा रु दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ति करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्सापास दस्तुरबाट १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो । 

आव २०७८-०७९ मा जम्मा चार अर्ब ४६ करोड  आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव  २०७९-०८० मा रु पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।  

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५-१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।  

गत आवमा बाँडफाँडबाट कामपाले एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको  तुलनामा रु एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब रु ५५ करोड प्राप्त गरेको थियो ।’

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : २८ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले