‘मुलुकको निर्माणमा आदिवासीले खेलेको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘मुलुकको निर्माणमा आदिवासीले खेलेको भूमिका महत्वपूर्ण’


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले आदिवासी पहिचान र परम्परागत ज्ञान तथा सीपको स्रोत भएको बताए। उनका अनुसार मुलुकको समुन्नति र निर्माणमा आदिवासीले खेलेको भूमिका ठूलो छ ।    

आज एक सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले भनेका छन् ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न आदिवासीको महत्वपूर्ण योगदान छ, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद तथा सबै प्रकारका असमानता र विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी एवं सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्न दिवसले उत्प्रेरकको काम गर्नेछ ।’

संवैधानिक र कानुनीरुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक राजनीतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग तथा रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक एवं लोकतान्त्रिक माध्यमबाट अगाडि बढेर राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्व बोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु