'मुलुकको निर्माणमा आदिवासीले खेलेको भूमिका महत्वपूर्ण' | Khabarhub Khabarhub

‘मुलुकको निर्माणमा आदिवासीले खेलेको भूमिका महत्वपूर्ण’


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले आदिवासी पहिचान र परम्परागत ज्ञान तथा सीपको स्रोत भएको बताए। उनका अनुसार मुलुकको समुन्नति र निर्माणमा आदिवासीले खेलेको भूमिका ठूलो छ ।    

आज एक सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले भनेका छन् ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न आदिवासीको महत्वपूर्ण योगदान छ, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद तथा सबै प्रकारका असमानता र विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी एवं सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्न दिवसले उत्प्रेरकको काम गर्नेछ ।’

संवैधानिक र कानुनीरुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक राजनीतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग तथा रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक एवं लोकतान्त्रिक माध्यमबाट अगाडि बढेर राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्व बोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : ३६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय