सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति « Khabarhub

सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै महोत्तरीका निजी तथा आवासीय विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् ।

निजी तथा आवासीय विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनका बर्दिबास एकाईले आज स्थानीय सरकार र इलाका प्रशासन कार्यालयलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा सरोकारवालाहरुलाई थाहा नै नदिई सरकारले सुझावसमेत बेवास्ता गरेको भन्दै भर्त्सनासमेत गरिएको छ ।

एनप्याब्सन नगर कमिटी बर्दिबासका अध्यक्ष नागेन्द्र क्याप्छाकीले सरकारले ल्याएको विधेयक स्वेच्छाचारी, निरंकुश र निजी विद्यालयहरुप्रती पूर्वाग्राही भएको हुनाले विद्यालय सञ्चालनमा नै कठिनाइ हुने बताए ।

त्यस्तै, प्याब्सनका अध्यक्ष सरोज प्रधानले पनि निजी तथा आवासीय विद्यालयहरुको सरकारले घाँटी निमोठ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । निजी विद्यालयहरुले वित्तीय संस्थाहरुवाट संस्थागत विकासको लागि कर्जा लिएर लगानी गरेको बताउँदै उनले विधेयकमा उल्लेख भएजस्तो ५ वर्षभित्रमा कर्जा र अन्य दायित्वहरु भुक्तानी गर्नसक्ने व्यवहारिक अवस्था नरहेको प्रष्ट पारे ।

ज्ञापनपत्रमा भनिएको छ ‘निजी शिक्षालयहरुमा गरिएको अर्बौँको लगानी र यसले राज्यलाइ दिएको प्रत्यक्ष र परोक्ष सेवाको बेवास्ता गर्दै ल्याइएको विधेयकका कयौँ दफाहरु आपत्तिजनक छन् ।’

ज्ञापनपत्रमा समस्याको सम्बोधन गर्ने र गराउने कार्यमा ठोस कदमका लागी पहलकदमी नलिए निजी लगानीका सम्पूर्ण विद्यालय बन्द गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि ज्ञापनपत्रमार्फत् सरकारलाइ चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : १८ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा