बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते | Khabarhub Khabarhub

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ०४ बजे

रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

भक्तपुर– सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका(६ नगरकोटस्थित रत्नचुडेश्वर

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

भक्तपुर– गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो