खोटाङको साकेला ‘सरसफाइमैत्री पालिका’ « Khabarhub

खोटाङको साकेला ‘सरसफाइमैत्री पालिका’


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ ।

गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाइमैत्री पालिका’ बनाउन डस्टबिन राख्न सुरु गरेको हो ।

जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहरमैला हटाउनुका साथै आवश्यकपर्ने र बढी जनघनत्व हुने ठाउँमा डस्टबिन राखेको छ ।

गाउँपालिकाको समृद्धिका लागि हरेक दिन विविध गतिविधि गर्दै आएको पालिकाले सार्वजनिक बिदाका दिनमा समेत फोहरमैला व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।

गाउँपालिकाले सुरु गरेको अभियानमा गाउँपालिकाअन्तर्गतका सबै कर्मचारी औपचारिक पोशाक लगाएरै उत्साहका साथ सहभागी हुने गरेका छन् ।

गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ ।

विभिन्न ठाउँमा राखिएका डस्टबिनमा सङ्कलन गरिएको फोहरमैलालाई गाउँपालिकाले डम्पिङसाइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ ।

फोहरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाकोसमेत व्यवस्थापन भइसकेको र डम्पिङसाइट निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए ।

गाउँपालिकाले सुरु गरेको फोहरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकसमेत अग्रसर भएर लागिपरेका छन् । ‘पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफैँ अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पूरा हुन्छ’, गाउँपालिका प्रमुख राईले भने, ‘सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ । स्थानीय सरकारले सुरु गरेका सकारात्मक अभियानमा नागरिकले पनि साथ दिनेरहेछन् ।’

गाउँपालिकास्थित पूर्ण सरसफाइ कार्यक्रमको आयोजनामा भएको सरसफाइ कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय व्यवसायी र सरोकारवाला निकायको सहभागिता रहने गरेको छ ।

फोहरमैला व्यवस्थापनबारे पूर्ण सरसफाइ कार्यक्रमका कर्मचारीबाट सडक नाटकसमेत प्रस्तुत गरिएपछि सरसफाइ अभियानको कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमैला व्यवस्थापन र पूर्ण सरसफाइको कार्यक्रम पालिकाका सबै वडा र टोल तथा बस्तीमा नियमितरुपमा गरिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिए ।

सरसफाइमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम एक वर्षदेखि भने गाउँपालिका आफैँले सञ्चालन गरिरहेको छ ।

हरेक विकास निर्माणका कामलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्ने गाउँपालिका प्रमुख राईले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ५० बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन