पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यवसायिक उडान « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यवसायिक उडान


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित आज बिहान पौने ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज ४२ अमेरिकी पर्यटक लिएर थिम्पु फर्किएको छ। 

भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले स्वागत गरिएको थियो ।

भुटानबाट नेपाल आएका यात्रुहरूमा नेपाली, अमेरिकी र भियतनामी एक–एक जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किँदा रित्तै फर्किएको थियो ।

गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ११ : १५ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण