कोशी प्रदेशमा मध्यावधि भए दोब्बर सिट ल्याउँछौँ : माधव नेपाल « Khabarhub

कोशी प्रदेशमा मध्यावधि भए दोब्बर सिट ल्याउँछौँ : माधव नेपाल


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोसी प्रदेश मध्यावधि निर्वाचन भए आफ्नो पार्टीले अहिलेको भन्दा दोब्बर सिट ल्याउने दाबी गरेका छन् ।

एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले मध्यावधिमा जानु देश र जनताका लागि भलो नहुने भएकाले सकेसम्म मिलेर सरकार बनाउनु पर्ने बताए ।

उनले आफ्नो पार्टी मध्यावधिको पक्षमा नरहे पनि परिस्थिति त्यस्तै बन्यो र मध्यावधि भयो भने अहिलेको भन्दा दोब्बर सिट जित्ने बताए । उनले कोशी प्रदेशमा मिल्नु, साथ दिनु र चुनावमा जानुको विकल्प नभएको समेत बताए । 

उनले भने, ‘हामीलाई त फरक हुनेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ, सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ । तर अरुको सातो गएको छ।’ 

उनले मध्यावधि हुँदा ४० सिट भएको एमाले र २९ सिट भएको कांग्रेसलाई सिट गुम्ने डर रहेको बताए । 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन