कोशीमा मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कोशीमा मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा कोशीमा मिलेर वा चुनावमा जानुपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने जिकिर गरे ।

उनले चुनाव नै भएपनि गठबन्धनलाई फाइदा पुग्ने भएपनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चुनाव गर्न नहुनेमा जोड दिए । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले पार्टी अघि बढाउने कुरामा एमाले र केपी ओली प्रवृति समस्या भएको भन्दै त्यस्तो प्रवृतिलाई नपन्छाएसम्म संगठन र राजनीति अघि बढ्न नसक्ने तर्क गरे ।

अध्यक्ष नेपालले शनिबार नै आफू र चिनिया राजदूतबीच भेट भएको र भेटमा प्रधानमन्त्रीको चीन भ्रमणका साथै द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ४ : ३८ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको