जोखिमपूर्ण खोला तरेर विद्यालय जान बाध्य बालबालिका | Khabarhub Khabarhub

जोखिमपूर्ण खोला तरेर विद्यालय जान बाध्य बालबालिका


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैतडी– पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।

उक्त खोलामा रहेको आरसीसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए। उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्णरूपमा खोला तर्न बाध्य भएका हुन् । 

अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने  बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताए। ‘उक्त खोलामा रहेको पक्की पुल दुई वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले लग्यो’, उनले भने, ‘लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।’

उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए। उनले भने, ‘बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।’

पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए। उनले भने, ‘दुई स्थानमा पुल बनाउने भनेर रू २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।’

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताए। उनले भने, ‘पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।’

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ४ : ४९ बजे

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी– पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल हुन्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको

गणतन्त्र शासकीय पद्धति र जीवनशैली पनि हो : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र

सदन अवरोधको गाँठो फुक्यो : आज संसदबाटै बजेट

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनका