जोखिमपूर्ण खोला तरेर विद्यालय जान बाध्य बालबालिका « Khabarhub

जोखिमपूर्ण खोला तरेर विद्यालय जान बाध्य बालबालिका


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैतडी– पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।

उक्त खोलामा रहेको आरसीसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए। उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्णरूपमा खोला तर्न बाध्य भएका हुन् । 

अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने  बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताए। ‘उक्त खोलामा रहेको पक्की पुल दुई वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले लग्यो’, उनले भने, ‘लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।’

उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए। उनले भने, ‘बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।’

पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए। उनले भने, ‘दुई स्थानमा पुल बनाउने भनेर रू २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।’

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताए। उनले भने, ‘पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।’

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ४ : ४९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक