म प्रधानमन्त्री भएपछि सुशासन र समृद्धिको अभियान सुरू भयो, दोषी देखिए मलाई पनि गिरफ्तार गर्नू : प्रचण्ड « Khabarhub

म प्रधानमन्त्री भएपछि सुशासन र समृद्धिको अभियान सुरू भयो, दोषी देखिए मलाई पनि गिरफ्तार गर्नू : प्रचण्ड


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिरानचोक गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार, माफियागिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए ।

ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँदै प्रधानमन्त्रीले देशैभर यो अभियान चलाइने उल्लेख गरे । उनले दोषी पत्ता लाग्दै जाँदा, भ्रष्टाचारविरुद्ध अनुसन्धान हुँदै गर्दा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिइएको बताए ।

अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँदै उनले सुशासन, सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।

सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सक्रिय बनाएको बताउँदै उनले गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे ।

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँदै उनले अर्थतन्त्र सुधार्ने, अर्थतन्त्रमाथिको दबाब कम गर्न सरकार सफल भएको दाबी गरे ।

प्रधानमन्त्रीले भने ‘मैले सरकारको नेतृत्व लिएपछी राजस्व, रेमिटेन्स , विदेशी मुन्द्राको सञ्चिती बढेको छ, पर्यटन बढ्दै गएको छ र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ ।’

गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कबुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनी गोरखा जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सोही निर्वाचन क्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ०८ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण