म प्रधानमन्त्री भएपछि सुशासन र समृद्धिको अभियान सुरू भयो, दोषी देखिए मलाई पनि गिरफ्तार गर्नू : प्रचण्ड « Khabarhub

म प्रधानमन्त्री भएपछि सुशासन र समृद्धिको अभियान सुरू भयो, दोषी देखिए मलाई पनि गिरफ्तार गर्नू : प्रचण्ड


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिरानचोक गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार, माफियागिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए ।

ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँदै प्रधानमन्त्रीले देशैभर यो अभियान चलाइने उल्लेख गरे । उनले दोषी पत्ता लाग्दै जाँदा, भ्रष्टाचारविरुद्ध अनुसन्धान हुँदै गर्दा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिइएको बताए ।

अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँदै उनले सुशासन, सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।

सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सक्रिय बनाएको बताउँदै उनले गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे ।

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँदै उनले अर्थतन्त्र सुधार्ने, अर्थतन्त्रमाथिको दबाब कम गर्न सरकार सफल भएको दाबी गरे ।

प्रधानमन्त्रीले भने ‘मैले सरकारको नेतृत्व लिएपछी राजस्व, रेमिटेन्स , विदेशी मुन्द्राको सञ्चिती बढेको छ, पर्यटन बढ्दै गएको छ र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ ।’

गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कबुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनी गोरखा जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सोही निर्वाचन क्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ०८ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको