प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ « Khabarhub

प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताए । गठबन्धन सरकार बन्दै गर्दा छ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा उल्लेख भएको भन्दै उनले यसै महिनाभित्रमा समायोजन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल प्रहरीका कार्यगत गुनासा धेरै आएको भन्दै उनले आफ्नो कार्यशैली सुधार गर्न निर्देशन दिए । उनले भने, “आफ्नो कार्यशैली सुधार गर्नुहोस्, प्रहरीमा सेवा लिन आउने सेवाग्राहीले सन्तोषपूर्ण वातावरणमा फर्किने वातावरण सिर्जना हुन जरुरी छ ।”

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले भवन बनेसँगै ट्राफिक प्रहरीलाई काममा सहज हुने बताए ।

बागमती प्रदेश प्रहरीका प्रहरी उपरीक्षक ई ईश्वर थापाले निर्माण प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश सरकारको सहयोगमा रु तीन करोड ५३ लाख २२ हजार तीन सय तीनमा भवन निर्माण गरिएको बताए ।

नवनिर्मित भवनमा कार्यालय, ब्यारेक, सोधपुछ कक्ष, भान्साघर, गोलघरसहित कम्पाउण्ड पर्खाल रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको तीन बिघा आठ कट्टा जग्गामध्ये छ कट्टा जमिनमा दुई तले भवन निर्माण गरिएको हो । लामो समयदेखि भवनको अभावमा ट्राफिक कार्यालय भाडाको घरमा बस्दै आएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : १७ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा