देउडा सुदूरपश्चिमको पहिचान : प्रदेश प्रमुख जोशी « Khabarhub

देउडा सुदूरपश्चिमको पहिचान : प्रदेश प्रमुख जोशी


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् ।

शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।

“सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा उपयोगी माध्यम बनेको छ”, प्रदेश प्रमुख जोशीले भने, “समाजको विकासका लागि संस्कृतिको ठूलो भूमिका हुन्छ ।” उनले पछिल्लो समय विभिन्न सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेकाले पछिल्लो पुस्ताले समेत संस्कृतिको बारेमा जान्ने अवसर पाएको बताए ।

“अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्य रुपमा हुने गरेको छ”, उनले भने, “यसले सुदूर र कर्णालीको संस्कृति देशभरिका नागरिकले देख्न पाएका छन् ।”

सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लालबहादुर खड्काले देउडा मनोरञ्जनका लागि मात्रै नभई देउडामा यहाँको संस्कृति र सभ्यता भएकाले यसको जर्गेना गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश प्रमुख जोशीसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरालगायतले मन्तव्य राखेका थिए । सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्यलगायतका व्यक्तिले देउडा खेलेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ५४ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा