आज तरकारी तथा फलफूलको मूल्य कति छ ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५० रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ६०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौँला ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, निगुरो ७०, रातो बन्दा प्रतिकेजी २५० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २००, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परबर ४०, गुन्दुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, पुदिना ५००, अमला ८०, तोफु ११०, पिँडालु ५०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ७०, रुख टमाटर १२०, कन्य च्याउ १२०, तने बोडी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १० : ०६ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ