इजरायलबाट फर्कन चाहनेलाई उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह « Khabarhub

इजरायलबाट फर्कन चाहनेलाई उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले आज शोक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे। उनले नेपाल फर्कन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारसँग विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्कन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु ।’ अध्यक्ष तिमिल्सिनाले शोकको यस घडीमा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : ३२ बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले