दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले स्वदेश फर्कन चाहनेहरूलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग संवाद गरेका हुन्।

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।

इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

सभामुखसँग आयोगका पदाधिकारीको भेट
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ । उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् ।

‘बचत भएको विद्युत् निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् ।

उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धराशायी हुँदा देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् ।

इजरायलबाट फर्कन चाहनेलाई उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

एमाले कार्यकर्ताले दुर्व्यवहार गरे : दुर्गा प्रसाईँ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।

प्रसाईँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्यु
छोटो समयमा नै ८ हजार माथिका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

तीन दिन अघि शिशापाङ्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन ।

चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो
चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : ०२ बजे

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका

आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल प्रमुख प्रतिपक्षी नेपाली