सुभमन गिल एकदिवसीय ब्याटरतर्फ शीर्ष स्थानमा उक्लिए  « Khabarhub

सुभमन गिल एकदिवसीय ब्याटरतर्फ शीर्ष स्थानमा उक्लिए 


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा उक्लेका छन् ।

विश्वकपको सुरुवातमा डेँगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् । उनले बंगलादेश र श्रीलंकाविरुद्ध अर्धशतकीय पारी खेलेका छन् । जारी विश्वकपका ८ खेलमा ४ अर्धशतक बनाएका बाबर दोस्रो स्थानमा झरेका छन् । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

उनी एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष वरीयतामा छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १ : ५३ बजे

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ

केपी ओलीलाई ‘पेले’ भनेकोमा कृष्णगोपाललाई पश्चाताप

काठमाडौं- नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा