बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ | Khabarhub Khabarhub

बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर-४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफीजफीरलाई पक्राउ गरेको हो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सन्धिखर्क नगरपालिका-१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका-१ घर भई सन्धिखर्क नगरपालिका-१ बस्ने ३१ वर्षीय हिकमत शाही रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ११ बजे

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री कार्की

कटारी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क

मेडिकल काउन्सिलको अध्यक्षमा डा.चोपलाल भुसाल नियुक्त

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुन्दरहरैँचा– मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर

एकीकृत समाजवादीको महाधिवेशन माघमा नहुने

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको

रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण

किएभ– युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित