बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर-४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफी र जफीरलाई पक्राउ गरेको हो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सन्धिखर्क नगरपालिका-१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका-१ घर भई सन्धिखर्क नगरपालिका-१ बस्ने ३१ वर्षीय हिकमत शाही रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : ११ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया