राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध एकजुट भएर लाग्नुपर्छ : महासचिव पोखरेल « Khabarhub

राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध एकजुट भएर लाग्नुपर्छ : महासचिव पोखरेल


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् ।

पार्टीको ललितपुर जिल्ला कमिटीले आज आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताउँदै त्यसविरुद्ध हरेक चेतनशील नेपाली लाग्नुपर्ने बताए

समाजलाई जात–जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिव भने, “सिङ्गो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो । त्यो स्वीकार्य हुँदैन ।”

उनले हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको बताए । नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : २० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको