दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न, यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता, एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी, राहुघाट जलविद्युत् आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन, भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’लगायतका समाचारले प्रमुख स्थान पाए ।

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न
राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डासँगै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरू परिमार्जन सहित पास गरेको छ ।

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताएका छन् ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आज सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरेका छन् ।.

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ ।

बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए ।

पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेका गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : सिँचाइमन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए ।

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका संरचनामा पछिल्लो समय महिला सहभागिता दिनानुदिन वृद्धि हुँदै गएको बताएका छन् ।

नेपाल प्रेस युनियन महिला विभागद्वारा आज यहाँ आयोजित ‘समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका’ विषय अन्तरक्रियामा उनले विश्वका कयौँ मुलुकका तुलनामा नेपालमा महिला हकअधिकारका लागि कानुनी विशेष प्रावधान रहेको उल्लेख स्पष्ट गरे ।

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन् । उनले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।

पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : ०१ बजे

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ