रैथाने कागुनोको माग बढ्दो « Khabarhub

रैथाने कागुनोको माग बढ्दो


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान विमला नेपालीले बताए । 

कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलङ्गामा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए । किसानले ल्याएको कागुनोको चामल अत्यधिक बिक्री हुने गरेको छ । कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्ग्यानिक पसलका सञ्चालक बताउँछन् ।

‘गतवर्ष पनि माग हुने गरेको थियो तर यो वर्ष व्यवसायीहरू किसानका घरमै पुगेर खरिद गरी बिक्री गरिरहेका छन्’, उनले भने। कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाइले बताए ।  विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन् । 

चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले  भने, ‘कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ ।  बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोजाइ कागुनो चामल छ ।’ कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाइ खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिए। 

कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुन्छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरू संकलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्नमा पर्छ । 

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ०० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,