कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ : ओली « Khabarhub

कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ : ओली


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेको र त्यो इतिहासमा छलफल हुने बताए ।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’ 

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । सोही कारण प्रधानमन्त्रीले मागेको विश्वासको मतको प्रस्तावमा एमालेको समर्थन पनि रहने जनाए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : २६ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै