संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छैन : अध्यक्ष नेपाल « Khabarhub

संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छैन : अध्यक्ष नेपाल


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताएका छन् । मंगलबार संसद्‌मा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले संसद्‌ विघटन गर्ने अभिव्यक्ति गठबन्धन हो भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाइने भन्दै उनले संसद् विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए । 

नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने बताए । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा  जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताए । 

बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको आधारशीला रहेका पर्यटन र जलविद्युतको क्षेत्रको विषयलाई सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हो भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने भन्दै उनले संसद् विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भ्रष्टाचारको विकेन्द्रीकरण भएको बताए । पालिका पालिकामा करोडौँका मालिक जन्मेको उनले दाबी गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : २४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर