भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेछु  : मुख्यमन्त्री कार्की « Khabarhub

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेछु  : मुख्यमन्त्री कार्की


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायिकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिए। उनले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने बताए ।

उनले दलहरूबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राखे । मुख्यमन्त्री कार्कीले प्रदेशको नाम राजनीतिक दलहरूकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले प्रदेशको अवस्था बुझेर जनताको जीवनस्तर उकास्ने योजना ल्याउँनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको औचित्य सावित गर्न प्रदेश सरकारले समृद्धि र सुशासनको क्षेत्रमा काम गर्नुपर्ने बताए। 

नेकपा (एमाले) का तर्फबाट रामबहादुर मगरले प्रदेशको नामकरण गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै संघीय सरकारले कतिपय कानुन निर्माण गर्न नसक्दा प्रदेश सरकारलाई समस्या भएको बताए ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकार जनताप्रति पूर्णरुपमा उत्तरदायी हुनुपर्ने जनाउँदै सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउन संविधानमा संशोधन हुनुपर्ने माग राखे । 

बैठकको प्रारम्भमा प्रदेशसभाका ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डल गनगाइँले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाए। उनले प्रदेशसभा नियमावली, २०७४ को नियम ७ बमोजिम सभामुख पदको निर्वाचन यही पुस २८ गते बिहान ११ बजे हुने मिति घोषणा गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : ४७ बजे

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा