'प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको छ'  | Khabarhub Khabarhub

‘प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको छ’ 


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा  सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सदनमा उपस्थित सत्तापक्ष र प्रतिपक्षले समेत समर्थन गर्ने अवस्था पैदा हुनुलाई असाधारण अवस्थाको संज्ञा दिए ।

सोमबार नै आफूले प्रतिनिधिसभाको पहिलो बैठकपछि नै सिङ्गो सदनले नै विश्वासको मत व्यक्त गर्ने धारणा व्यक्त गरेको स्मरण गर्दै उनले आजको यो समर्थनलाई आफूमाथि ठूलो न्याय भएको बताए । सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताए। सबैजसो दलको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको प्रधानमन्त्रीको भनाइ थियो ।

समर्थन गर्ने दल र सांसदको भावनालाई आफूले सकारात्मक चुनौतीको रुपमा लिएको प्रधानमन्त्रीले स्पष्ट पारे । सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकमा सामु रहेको साझा समस्या समाधानका लागि पहल गर्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्रीले सिङ्गो सदनको नै विश्वासको मत पाउनुलाई आफू राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा रहेको महसुस गरेको उल्लेख गरे । आफूले पाएको अपार समर्थनअनुसार कार्य सम्पादन गर्न सकूँला वा नसकूला वा न्यायपूर्ण तवरले सम्बोधन गर्न सकूँला वा नसकूला भन्ने अवस्था भने रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’ सत्ता साझेदार दलहरू निश्चित नीति र कार्यक्रम नै एकताको आधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको जनमतअनुसार नै वर्तमान  सरकार बनेको स्पष्ट पारे ।

संविधान राज्यको मूल कानुन भएकाले कार्यान्वयन गर्ने कुरामा सबै पक्ष प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले विगतमा संसद् विघटन गर्नु सही हो वा होइन भन्नेबारेमा अहिले बहसको विषय नभएको स्पष्ट पारे । उनले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत समर्थन गरेपछि विभिन्न कुरा उठे पनि त्यसलाई आफूले सकारात्मकरूपमा लिएको बताए। उनले आफूले दौरा सुरुवाल लगाएका विषयमा समेत सदनमा स्पष्ट पारे। दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।’

शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीका नेताहरू मन्त्री बन्दा जे रुचि लाग्छ, त्यही लगाउनुस् भन्ने गरेको स्मरण गर्दै आफूलाई पनि उपयुक्त समयमा दौरा सुरुवाल लगाउँछु भन्ने लागेको सुनाए।

दौरा सुरुवाल लगाउन सक्ने विषय सञ्चारमाध्यममा आएपछि आम मानिसको प्रतिक्रिया पनि हेरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नेगेटिभ कमेन्ट एउटै देखिन, पोजेटिभ मात्र देखेपछि अब मैले यो निर्णय लिनै पर्ने भयो । जन अभिमतअनुसार पनि लगाएको मात्र हुँ ।’

उनले नागरिकताविहीन नेपाली नागरिकलाई छ महिनाभित्र नागरिकता वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको पुनः स्मरण गरे । प्रधानमन्त्री दाहालले रेशम चौधरीलगायतको मुद्दा ऐनमा उपयुक्त व्यवस्था गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : २० बजे

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह

अजरबैजान – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

वासिङ्टन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

सुनसरी – पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख

आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

सर्लाही – खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक