लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार « Khabarhub

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए । 

उनले आफूहरू संसद् र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको बताए । उनले भने, ‘सुशासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौँ ।

देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : २४ बजे

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि