प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्छ : जसपा सांसद राई « Khabarhub

प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्छ : जसपा सांसद राई


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताए ।

उनले विकासका पूर्वाधारलाई द्रूत गतिमा अगाडि बढाउनुपर्ने बताए । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

जनमत पार्टीकी सांसद अनिता देवीले नागरिकता, मललगायत शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या समाधान गर्ने सरकारको नीतिगत प्राथमिकतालाई स्वागत गर्दै आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताइन् । उनले समावेशी विकासका अवधारणालाई अङ्गीकार गर्दै सन्तुलित विकास अगाडि बढाउनुपर्ने टिप्पणी गरिन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत दिए पनि आफूहरु प्रतिपक्षमा बस्ने बताइन् । उनले टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : २६ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय