साढे छ वर्षसम्म पनि बनेन नख्खु-बुङमती सडक « Khabarhub

साढे छ वर्षसम्म पनि बनेन नख्खु-बुङमती सडक


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु-बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थलका कारण निर्माण रोकिएकोमा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उनले भने,’कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।’ 

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उनले बताए। उनले भने, ‘विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।’

बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए। नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमीभैँसेपाटी-बुङमती एक दशमलव ५५ किमी रहेको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु-बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताए । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उनले बताए। उनले भने, ‘खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।’ 

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ५८ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ